आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
महिला टी-२० क्रिकेट शृंखला

हङकङविरुद्ध नेपालले पाँच रनमै गुमायो चार विकेट

बुधबार, २६ वैशाख २०८१, १२ : ०२
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलाको बिहीबार खेलिएको हङकङविरुद्धको खेलमा नेपालले पाँच रनको कुल स्कोरमै चार विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर पूजा महतोलाई गुमाएको थियो ।

पूजा आठ बलमा चार रन बनाउँदै रन आउट भएर पेभेलियन फर्किएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न ओर्लिएकी सम्झना खड्का दोस्रो विकेटका रुपमा पेभेलियन फर्किएकी थिइन् । उनी एक रन बनाउँदै आउट भएकी हुन् । 

यसैगरी तेस्रो विकेटका रुपमा काजल श्रेष्ठ आउट भएकी हुन् । उनले त खातासम्म खोल्न पाइनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी कप्तान इन्दू बर्मा पनि शून्य रनमै पेभेलियन फर्किइन् । नेपालले १.३ ओभरमा पहिलो, २.३ ओभरमा दोस्रो, २.४ ओभरमा तेस्रो र २.५ ओभरमा चौथो विकेट गुमाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप