आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अटो दुर्घटना हुँदा यात्रुको मृत्यु

बुधबार, २६ वैशाख २०८१, १२ : ३०
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । रौतहटमा अटो दुर्घटना हुँदा यात्रुको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गस्थित जगत पेट्रोल पम्पमा ना.२ ह २४५३ नम्बरको अटो दुर्घटना भएर ३५ वर्षीया शैरुन खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बुधवार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको अटो र सोही दिशातर्फ आउँदै गरेको ज.७ प ८२५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो । अटोमा सवार मृतक चन्द्रपुर नगरपालिका–४ मुस्लिम टोलकी स्थानीय हुन् । शैरुन खातुनको उपचारको क्रममा बीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप