आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुर्घटनामा सख्त घाइतेको उपचारका क्रममा मृत्यु

बुधबार, २६ वैशाख २०८१, १३ : ४७
बुधबार, २६ वैशाख २०८१

दाङ । दाङको बङ्गलाचुलीमा बुधबार दिउँसो अटो दुर्घटनामा सख्त घाइते भएकी एक महिलाको आज उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बङ्गलाचुली गाउँपालिका– ५ की ६५ वर्षीया भेगी बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रमामा आज बिहान मृत्यु हुनुभएकी उहाँ चढेको आटो बुधबार दिउँसो १ : ४० बजे बङ्गलाचुली – ५ स्थित गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नं को अटो ब्रेक फेल भई झन्डै पाँच सय मिटर तल खसेको थियो ।

घाइते बुढालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर  पठाइएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप