आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिहेपछि करियर बिट मारेर बसेका बलिउड अभिनेत्रीहरू

बुधबार, २६ वैशाख २०८१, १७ : २६
बुधबार, २६ वैशाख २०८१

नयाँ दिल्ली । बलिउडमा मानिसहरू नाम कमाउन अनि आफ्नो पहिचान बनाउन आउँछन् । आफूलाई स्थापित गर्न आजीवन सङ्घर्ष गर्नेहरू पनि छन् । तर बी टाउनमा यस्ता कयौँ अभिनेत्री पनि जसले वैवाहिक सम्बन्धमा बाँधिने बित्तिकै एक्टिङ मात्रै होइन लाइमलाइटबाटै टाढिए । आज हामी यस्तै केही अभिनेत्रीबारे कुराकानी गर्न गइरहेका छौँ ।

असिन

बलिउडमा आफ्नो पहिलो फिल्मबाटै असिनले दर्शकको मनमा राज गरेकी थिएन । २००८ मा रिलिज भएको फिल्म गजनीबाट उनले बलिउड डेब्यू गरेकी थिइन् । यो फिल्म बक्स अफिसमा निकै सफल पनि रह्यो । तर सन् २०१६ मा माइक्रोम्याक्सका सह–संस्थापक राहुल शर्मासँग बिहे भएपछि असिनले फिल्मी करियलाई चटक्कै छाडिदिइन् ।

ट्विंकल खन्ना

अभिनेत्री ट्विंकल अन्ना अहिले फिल्मी दुनियाँबाट टाढा छिन् । उनले आफ्नो करियरको सुरुआत सन् १९९५ मा आएको फिल्म बरसातबाट गरेकी थिइन् । यसपछि पनि उनले कयौँ फिल्ममा काम गरिन् । तर बलिउड स्टार अक्षय कुमारसँग सन् २००१ मा बिहे गरेपछि ट्विंकलले फिल्म खेल्नै छाडिन् ।

आयशा टाकिया

बलिउडकी सुन्दरी अभिनेत्री मध्येमा पर्छिन् आयशा टाकिया । आयशाले टार्जन द वन्डर कारबाट आफ्नो करियरको सुरुआत गरेकी थिइन् । यो फिल्मबाट उनले फिल्मफेयर पुरस्कार पनि पाएकी थिइन् । तर बिहे गरेपछि उनले फिल्म उद्योगलाई टाटा बाई गरिदिइन् ।

सोनाली बेन्द्रे

सोनालीले आफ्नो फिल्मी करियरकी सुरुआत सन् १९९४ मा गरेकी थिइन् । उनको फिल्मी करियर सफल पनि िभइरहेको थियो । तर बिहेपछि उनले फिल्म उद्योगबाट पूरै बिदा लिइन् । बिहेपछि घर गृहस्थीमा फेकश गर्दै उनले सन् २००३ पछि लामो समयसम्म फिल्मी उद्योगबाट बिदा लिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप