आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दौडन मरिहत्ते गर्ने बुबाले बच्चालाई घण्टौँ कारमा थुनेपछि....

बुधबार, २६ वैशाख २०८१, १७ : ५२
बुधबार, २६ वैशाख २०८१

बेजिङ । हरेक व्यक्तिमा कुनै न कुनै चिज वा वस्तु वा कामप्रति मोह लगाव हुन्छ । कोही खानेकुरा देखेर मन थाम्न सक्दैनन् । कसैलाई पसलमा केही लुगा देखेपछि नकिनी हुन्न ।

कसैलाई घुमफिरको सोख हुन्छ र कसैलाई चाहिँ अरु केहीको । चीनमा भने एक जना बुबाले दौडमा हिस्सा लिनका लागि आफ्नो बालक छोरीलाई घण्टौँसम्म कारभित्र थुनेको घटनाले अहिले निकै चर्चा बटुलिरहेको छ ।

दक्षिणी चीनको हुनान प्रान्तको एक जना बुबाले म्याराथनमा दौडिन आफ्नो ५ वर्षिय छोरीलाई ५ घण्टासम्म कारमा थुनिदिए । आफू दौडप्रति आसक्तै छु भनेर ती पुरुषले स्वीकार गरेका छैनन् । तर चिनियाँ सामाजिक सञ्जालमा एउटा पोष्टमा ती पुरुषको पूर्व पत्नी चाओले चाहिँ दौडप्रति श्रीमानको आसक्तिकै कारण आफ्नो घर संसार चौपट भएको आरोप लगाएकी छिन् । शुरुमा पतिको स्वास्थ्य अवस्थाकै कारण दौडनका लागि चाओले प्रेरित गरेकी थिइन् । तर बिस्तारै उनले दौड नै सबै चिज जस्तो गर्न थाले । यही कारण श्रीमान् श्रीमतीमा दरार बढ्दै गयो ।

एक दिन त अति नै भयो । चाओको पूर्व पति फेङले दौडमा हिस्सा लिनकै लागि नाबालख छोरीलाई कयौँ घण्टासम्म कारमै थुनिदिए । यो घटना महिला आफैँले देखेको चाहिँ होइन । छोरीले पछि उनलाई भनेकी थिइन् । फेङले छोरीलाई खान भनेर कारमा खानेकुरा ल्याएर राखिदिए । मनोरञ्जनका लागि आफ्नो मोबाइल दिए र म्याराथनमा सहभागी हुन गए । यो घटनाप्रति क्रुद्ध बनेकी श्रीमतीले सामाजिक सञ्जालमा रिसाएर एउटा पोष्ट लेखिन् । सो पोष्ट देशभरमै भाइरल भयो ।

यो घटनाबारे चिनियाँ सञ्चारमाध्यमहरुले ती पुरुषलाई सोधपुछ गर्दा उनले आफू म्याराथनमा दौडिन सकूँ भनेर छोरीलाई कारमा थुनिदिएको स्वीकार पनि गरेका थिए । तर आफूले केही समय मात्रै दौडिएर छोरी भएको ठाउँमा आएको उनको भनाइ थियो । ‘म डेढ किमी मात्रै दौडिए अनि कारमा आए, म आउँदा छोरी निदाइरहेकी थिई,’ फेङले भने । यही विषयमा झगडा परेपछि फेङ्ले श्रीमतीलाई आफूले छोरी हुर्काएको तरिका मन नपरेको भए छोरी लिएर टाढा गए हुन्छ भनेर भने । अहिले बुढाबुढी सँगै बस्दैनन् । छोरी आमासँग बस्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप