आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘दिमाग खराब’ को प्रदर्शन जारी राख्ने सहमति

बुधबार, २६ वैशाख २०८१, १८ : २३
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’को प्रदर्शन जारी राख्ने सहमति भएको छ । चलचित्र हलसँग विमति राख्दै निर्माण कम्पनी सिनेमा आर्ट्सले बुधबार दिमाग खराबको प्रदर्शन स्थगितको घोषणा गरेको थियो । 

बिहीबार फिल्मको निर्माताहरु र नेपाल चलचित्र संघबीच पूर्ववत् रुपमा फिल्मको प्रदर्शन मंगलबारसम्म जारी राख्ने निर्णय भएको हो । "आज मिति २०८० साल कार्तिक ३० गते बिहीबारका दिन नेपाली चलचित्र 'दिमाग खराब'का निर्माताहरू र नेपाल चलचित्र संघको कार्य समितिबिचको छलफल सकारात्मक भएकाले आगामी मंसिर ५ गते मंगलबारका दिन पनि बाँकी अन्य बुँदाहरूमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति अनुसार पूर्ववत् रूपमा चलचित्र 'दिमाग खराब'को प्रदर्शन मंगलबारसम्म गर्ने निर्णय गरियो," संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो सहमतिसँगै स्थगित भएको फिल्मको प्रदर्शन मंसिर ५ गते मंगलबारसम्म जारी रहने छ । 

अ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप