आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनक बर्तौलामाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ

बुधबार, २६ वैशाख २०८१, १८ : ४६
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य जनक बर्तौलामाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कार्तिक २२ मा नयाँ बानेश्वरको आइपेक्स मल नजिकै बर्तौलामाथि रड प्रहार गरेर आक्रमणकारी भागेका थिए ।

आक्रमणमा संलग्नहरुलाई ईलामबाट पक्राउ गरेर काठमाडौँ ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा आशिष लामिछाने, टेकबहादुर प्रधान (कैलाश) र शेरबहादुर थारु छन् ।

माओवादी केन्द्रका नेता बर्तौला अखिल नेपाल खेलकुद महासंघको अध्यक्ष पनि हुन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप