आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

बुधबार, २६ वैशाख २०८१, १९ : ४४
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । प्रहरीले धनुषाबाट ज्यान सम्बन्धी कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ घर भएका विनोद पटेल छन् । 

५५ वर्षीय पटेललाई अदालतले २०६२ साल फागुन २९ मा २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि फरार भएका विनोदलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप