आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखराको दृष्टिविहीन आश्रममा आगलागी, सामान बेचेर जम्मा गरेको ९ लाख जल्यो

सोमबार, ३१ वैशाख २०८१, २२ : ३९
सोमबार, ३१ वैशाख २०८१

पोखरा ।  पोखरा महानगरपालिका  २९ को घोतघोतेमा रहेको दृष्टिविहीन आश्रममा आगलागी भएको छ । आगलागीका कारण ७५ लाखभन्दा बढीको धनमाल क्षति भएको बताइएको छ । पाँच कोठे भवन जलेर नष्ट भएको दृष्टिविहीन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

दृष्टिविहीन र अपाङ्गता भएकाहरू सहित ३० जना आश्रममा बस्दै आएका थिए । उनीहरुले बजारमा बेच्ने अगरबत्ती, कपुर, पेन्सल, डस्पेन, फिनल, हर्पिक, अबिर, केसरी लगायतका सामग्रीहरू  जलेर नष्ट भएका हुन् । विक्रीका लागि तयारी अवस्थामा रहेको उत्पादन ३४ लाखको क्षति भएको हो । 

तिहारमा उनीहरुले विक्री गरेर आश्रममा राखेको ९ लाख रुपैयाँ पनि जलेको छ । घरको भवनको करिब २५ लाख र खाद्यान्न २१ लाख बराबरको क्षति भएको सुबेदीले बताए । घर जलेपछि अपाङ्गता भएकाहरूको बिचल्ली भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप