आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पिता अपहरणमा परेका डियाज नायक बन्दा ब्राजिल स्तब्ध, अर्जेन्टिना पनि पराजित

मङ्गलबार, ०१ जेठ २०८१, ०९ : १२
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । केही दिन अघि मात्र लिभरपुलका फरवार्ड लुइस डियाजका पिता १३ दिनसम्म अपहरणमा परेर रिहा भएका थिए । शुक्रबार तिनै डियाज नायक बन्दा कोलम्बियाले विश्वकप छनोट फुटबलमा ब्राजिलमाथि २–१ को जीत हासिल गरेको छ ।

तर खेलमा अग्रता भने पाहुना टोली ब्राजिलले लिएको थियो । ग्याब्रिएल मार्टिनेलीले खेलको चौथो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर त्यसपछि भने कोलम्बियाले खेलमा नियन्त्रण बनाउँदै ब्राजिलमाथि दबाब बढायो । खेलको पहिलो हाफमा भिनिसियस जुनियर घाइते भएपछि ब्राजिल थप दबाबमा परेको थियो । लामो प्रयासपछि ७५ औँ मिनेटमा डियाजले बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि उनले अर्को गोल थप्दै टोलीलाई जीत दिलाए ।

उता अर्को खेलमा विश्वविजेता टोली अर्जेन्टिना पनि उरुग्वेसँग २–० ले पराजित भएको छ । उरुग्वेलाई जीत दिलाउन रोनाल्ड अराउहो र डार्विन नुनेजले एक–एक गोल गरे ।

५ चरणको खेलपछि अर्जेन्टिना १२ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको उरुग्वेको १० अंक छ भने ९ अङ्क बोकेको कोलम्बिया तेस्रो स्थानमा छ । चौथौँ स्थानमा भेनेजुएला र त्यसपछि पाँचौँ स्थानमा ब्राजिल रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप