आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डोको गोलमा पोर्चुगलको जीत

मङ्गलबार, ०१ जेठ २०८१, ०९ : २७
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । क्रिस्टियानो रानाल्डोको गोलको मद्दतले पोर्चुगलले युरो २०२४ छनोटमा लिचटेन्स्टाइनलाई २–० गोलले पराजित गरेको छ । 

यसअघि नै प्रतियोगितामा छनोट भइसकेको पोर्चुगललाई लिचटेन्स्टाइनले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफको सुरुवातमा नै रोनाल्डोले डिओगो जोटाको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । 

योसँगै उनको कीर्तिमानी अन्तर्राष्ट्रिय गोलको सङ्ख्या १ सय २८ पुगेको छ । उनले यो वर्ष पोर्चुगलको लागि मात्र १० गोल गरिसकेका छन् । ३० वर्ष पुगेपछि उनले देशका लागि ७७ गोल गरेका छन् । त्यसपछि खेलको ५७ औँ मिनेटमा जोआओ क्यानसेलोले टोलीका लागि अर्को गोल थपे । 

समूह ‘जे’ बाट स्लोभाकियाले पनि युरो २०२४ मा आफ्नो स्थान पक्का गरेको छ । आइसल्याण्डलाई ४–२ ले हराउँदै टोली पोर्चुगलपछि दोस्रो हुँदै प्रतियोगितामा छनोट भएको छ । उता समूहबाट लक्जम्बर्गले प्लेअफ खेल्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप