आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेले बोलायो जनसंगठन संयन्त्रको बैठक : तीन एजेन्डामा छलफल

मङ्गलबार, ०१ जेठ २०८१, ११ : ४३
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक शनिवार बस्ने भएको छ । शनिवार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको संयन्त्रका प्रमुख भानुभक्त ढकालले जानकारी दिए । उनका अनुसार बैठकमा तीनवटा एजेन्डामा छलफल हुनेछ । 

‘संयन्त्रको पूर्वनिर्धारित बैठक मङ्सिर २ गते शनिवार बस्न लागेको हो’, प्रमुख ढकालले रातोपाटीसँग भने, ‘बैठकमा पछिल्लो राजनीतिक गतिविधिका बारेमा अध्यक्ष र महासचिवले धारणा राखेपछि भूकम्पपछि खटिएका स्वयंसेवक, मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा र  युवासंघको आयोजनामा हुने मङ्सिर ७ गतेको कार्यक्रमबारे छलफलको  एजेन्डा तय भएको छ ।’

एमाले निकट राष्ट्रिय युवा संघले आगामी मङ्सिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध  काठमाडौँमा जनप्रदर्शन गर्दैछ भने सोही दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पनि सोही दिन कार्यक्रम राखेका छन् । त्यस्तै एमाले जनसंगठनले पश्चिमको भूकम्प प्रभावित जिल्लामा एक हजार स्वयंसेवक खटाएर अस्थायी आवास निर्माण गर्न निर्णय यसअघि नै गरिसकेको छ ।

त्यसमध्ये जिफन्ट मातहतका एक सय स्वयंसेवक जाजरकोट पुगेर मङ्सिर १ बाट काम थालिसकेका छन् । त्यस्तै एमालेले आगामी मङ्सिर १४ बाट सुरु गर्ने पुष्पलाल लोकमार्गको झुलाघाट–चिवाभञ्जयाङ यात्राका बारेमा समेत जनसंगठनको उपस्थितिका बारेमा संयन्त्रको बैठकमा छलफल हुनेछ । यसअघि संयन्त्रको बैठक गत असारमा बसेको थियो ।

uml

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप