आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘डिग्री माइला’ छायांकनको दोस्रो सेडुल मंसिरमै

शनिबार, ०१ वैशाख २०८१, १४ : २२
शनिबार, ०१ वैशाख २०८१

काठमाडौँ । रामबाबु गुरुङको निर्देशन रहने फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकनको दोस्रो सेडुल मंसिर अत्यबाट सुरु हुने भएको छ । फिल्मका मुख्य कलाकार अभिनेता प्रकाश घिमिरे अहिले स्वास्थलाभ गरिरहेका कारण फिल्मको सेडुल केही पछि सरेको हो ।

यसअघि फिल्मको दोस्रो सेडुल तिहारलगतै सुरु हुने बताइएको थियो । फिल्मका कलाकार प्रकाश घिमिरे भीरबाट लडेर गम्भीर घाइते भएका कारण निर्माण युनिटले फिल्मको सुटिङ केहीपछि सारेको निर्देशक गुरुङले जानकारी दिए ।

‘हाम्रो फिल्मको दोस्रो चरणको छायांकन सेडुल तिहारलगतै थियो । प्रकाशदाई घाइते भएको कारण केहीपछि सारेका छौँ’, गुरुङले भने, ‘प्रकाशदाई सुटिङमा फर्किने बितिक्कै छायांकन सुरु हुन्छ ।’ उनले मंसिरको अन्तिमबाट छायांकन सुरु हुनसक्ने अनुमान लगाए ।

फिल्मको पहिलो सेडुलको छायांकन दसैँ अगाडि ओखलढुङ्गाको विभिन्न स्थानमा गरिएको थियो । कलाकार, प्राविधिक लगायत सबै पक्षलाई दसैँ तिहारमा फुर्सद दिन फिल्मको छायांकन दुई सेडुलमा गरिएको हो ।

फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङको अलवा प्रकाशको पनि मुख्य भूमिका रहेको छ ।

२०७१ सालमा मण्डला थिएटरमा तीनपटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा रहेर यो फिल्म बन्न लागेको हो । त्यस नाटकलाई दयाहाङ राईले निर्देशन गरेका थिए ।

बासुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ । आगामी नयाँ वर्ष (२०८१)मा फिल्म प्रदर्शनमा आउने निर्माण युनिटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप