आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा सुरु भयो कर सप्ताह, कर तिर्न जानेलाई फूलमाला

शनिबार, ०१ वैशाख २०८१, १७ : २५
शनिबार, ०१ वैशाख २०८१

पोखरा । पोखरामा आजदेखि कर सप्ताह सुरु भएको छ । आन्तरिक राजस्व कार्यालय पोखराले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी कर सप्ताह मनाउन लागेको हो । 

पहिलो दिन शुक्रबार पहिलो सेवाग्राही नलबहादुर गुरुङलाई सम्मान गरिएको छ । उनलाई फूलमाला लगाएर सम्मान गरिएको हो । 

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कर प्रशासन र करदाताबिचको सम्बन्धलाई थप सुदृढ बनाउन आफूहरू तत्पर रहेको बताए । 

कार्यालयले करदाता शिक्षा, कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानुनको बारेमा करदातालाई सुसूचित गर्ने कार्यक्रम राखेको छ । 

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंसिर ७ गते उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप