आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्म ‘रेड अन’मा ट्राफिक नियमको कथा

शनिबार, ०१ वैशाख २०८१

काठमाडौँ । फिल्म ‘रेड अन’को टिजर सार्वजनिक गरिएको छ । फिल्मको टिजरले ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश दिन्छ ।

यज्ञजंग विके(आयुष बिसी) निर्देशित फिल्ममा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे र वीरेन्द्र यादवको अभिनय छ ।

विना सवारी चालक अनुमति पत्र सवारी चलाएको अवस्थामा दुर्घटना हुँदा कतिसम्म सास्ती भोग्नुपर्छ भन्ने कुरालाई फिल्मले कथा बनाएको निर्देशक निर्देशक विकेले बताए ।

विकास चौधरीको संगीत, खगेन्द्र सुवेदीको कथा र सिड गौतमको पटकथा रहेको फिल्म सुजन विश्वकर्माको छायांकन छ ।

फिल्ममा आभाष गिरी र रमेश बंगोसाई सह–निर्माता तथा खगेन्द्र सुवेदी निर्माता छन् । फिल्मको प्रदर्शन मिति चाँडै घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया