चीन-मंगोलिया सीमा बन्दरगाह व्यापारको मात्रा बढ्दै
शनिबार, ०१ वैशाख २०८१, १८ : ५१
होहोट । चीन-मंगोलिया सीमामा रहेको सबैभन्दा ठूलो भूमि बन्दरगाह एरेनहोटले यस वर्ष आयात र निर्यात कार्गो मात्रामा वृद्धि भएको जनाएको छ ।
स्थानीय भन्सार कार्यालयले जनाए अनुसार उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको बन्दरगाहले यस वर्ष, शुक्रबारसम्म १ करोड ५० लाख टनभन्दा बढीको आयात र निर्यात कार्गो थ्रुपुट ह्यान्डल गरेको छ जुन गत वर्षको तुलनामा ३३.४ प्रतिशतले बढी हो ।
बन्दरगाहबाट हुने आयात र निकासीमा मुख्यतया सवारी साधन, सेलफोन, कोइला र काठ समावेश रहेको स्थानीय भन्सारका एक जना अधिकारीले जनाएका छन् ।
हालसम्म बन्दरगाहले १० भन्दा बढी देशहरूमा ६० भन्दा बढी विदेशी गन्तव्यहरू जोड्दै चीन-युरोप मालवाहक रेलहरूको १३,००० भन्दा बढी यात्राहरू तय गरेको छ ।-(रासस/सिन्ह्वा)