आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फरार अभियुक्त तीस वर्षपछि पक्राउ

शनिबार, ०१ वैशाख २०८१, २० : १९
शनिबार, ०१ वैशाख २०८१

महेन्द्रनगर । तीस वर्षदेखि फरार रहेका अभियुक्त आज कञ्चनपुरको दोधारा चादँनीबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार रहेका अभियुक्त धनबहादुर सुनारलाई विसं २०५० फागुन १५ गते जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा छ महिना कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।

कञ्चनपुर प्रहरीले सुनारलाई पक्राउ गरी कैद सजाय भुक्तानका लागि अदालतमा पेस गरी अदालतले शुक्रबार नै कारागार चलान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप