आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वयम्भूबाट पक्राउ परेका ‘हाइप्रोफाइल’ जुवाडे धरौटीमा रिहा

शनिबार, ०१ वैशाख २०८१, २१ : ३४
शनिबार, ०१ वैशाख २०८१

काठमाडौँ । काठमाडौँको स्वयम्भूबाट पक्राउ परेका जुवाडेहरु धरौटीमा रिहा भएका छन् । कार्तिक २६ मा नागार्जुन नगरपालिका–३ स्वयम्भूस्थित एकधाराबाट प्रहरीले २२ जना कौडा खेलाडीहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई शुक्रवार काठमाडौँका प्रमुख जिल्ला अधिकारीले जनही २० हजारमा थुनामुक्त गर्ने आदेश गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतका अनुसार उनीहरू धरौटी तिरेर छुटेका छन् । हाईप्रोफाइल जुवाडेहरुलाई छुटाउन ठुलो चलखेल भएको थियो । थुनामुक्त हुनेमा गैरआवासिय नेपाली संघमा आबद्ध टेकबहादुर कार्की, संजय मुडभरी र इचंगुनारायण सामुदायिकका अध्यक्ष प्रताप दानी सहित २२ जना छन् ।

जुवा खालबाट पक्राउ परेका सरोज अधिकारी, श्याम बाबु तामाङ, नवराज तामाङ, चित्र बहादुर तामाङ, विष्णु लाल लामा, कुमार खड्का, अम्बिर अधिकारी, भुवन दाहाल, लोप्साङ लामा, लोक बहादुर बोहरा, केशव राज अधिकारी, भरत बोहरा, राजु जिसी, विशाल तामाङ र विकाश खत्री रिहा भएका हुन् । त्यस्तै रिहा हुनेमा लोक बहादुर तामाङ, निर बहादुर वाईबा, राम बहादुर लामा र लोक बहादुर श्रेष्ठ छन् । जुवा खालबाट प्रहरीले ४ लाख ९२ हजार नगद र १६ थान कौडा बरामद गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप