आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

विश्वकपको फाइनल हेर्न प्रधानमन्त्री मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री अहमदाबाद जाने

आइतबार, ०२ वैशाख २०८१, ०६ : ४४
आइतबार, ०२ वैशाख २०८१

अहमदाबाद । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्स आइतबार हुने विश्वकपको फाइनलको मजा लिन अहमदाबाद पुग्ने भएका छन् । एएनआईले गुजरातको मुख्यमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । मुख्यमन्त्रीले सुरक्षा व्यवस्थाको बारेमा जानकारी लिएको बताइएको छ । 

यो खेल विश्वको सबैभन्दा ठूलो स्टेडियम नरेन्द्र मोदी स्टेडियममा हुनेछ । भारत विश्वकपमा अहिलेसम्म अपराजित रहेको छ भने अस्ट्रेलियाले पहिलो दुई खेलमा हार बेहोरेपछि अन्तिम आठ खेलमा हार बेहोरेको छैन । यस्तो अवस्थामा आइतबारको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप