आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

विश्वकपको फाइनल जित्ने टोलीले कति पाउँछ ?

आइतबार, ०२ वैशाख २०८१, ०६ : ४९
आइतबार, ०२ वैशाख २०८१

अहमदाबाद । विश्वकपको फाइनलमा भारत र अस्ट्रेलियाबिच आइतबार अहमदाबादमा खेल हुँदैछ । विश्वकपको फाइनलमा दुवै टोली आमनेसामने भएको यो दोस्रो पटक हो । 

प्रत्येक चार वर्षमा हुने यस प्रतियोगिताको उपाधि जित्ने प्रयास दुवै टोलीले गर्नेछन् । तर, यहाँ विश्वकप ट्रफी मात्रै होइन ठुलो पुरस्कार राशि पनि छ । 

यस विश्वकपको विजेताले ४० लाख अमेरिकी डलर अर्थात करिब ५३ करोड नेपाली रुपैयाँ पाउनेछन् । जबकि उपविजेताले २० लाख अमेरिकी पुरस्कार प्राप्त गर्नेछन् ।  सेमिफाइनलमा हारेका न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले आठ लाख डलर पाएका छन् । लिग चरणबाट बाहिरिएका सबै ६ टोलीले एक–एक लाख डलर प्राप्त गरेका छन् । 

यसका साथै लिग चरणमा १० वटै टोलीबिच खेलेका ४५ खेलको विजेता टोलीलाई प्रत्येक खेलमा विजयी भएबापत ४० हजार डलर प्रदान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप