सोमवार लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा
बुधबार, ०२ जेठ २०८१, १९ : २९
बुटवल । सोमवार लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिइएको छ । सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।