आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आयरल्याण्डलाई हराउँदै नेदरल्याण्ड्स युरोमा छनोट

बिहीबार, ०३ जेठ २०८१, ०९ : २९
बिहीबार, ०३ जेठ २०८१

एम्सटरड्याम । घरेलु मैदानमा रिपब्लिक अफ आयरल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले युरो २०२४ मा आफ्नो स्थान पक्का गरेको छ । शनिबार राति भएको खेलमा नेदरल्याण्ड्स १–० गोलले विजयी बन्यो ।

खेलमा होफेनहाइमका स्ट्राइकर वाउट वेगहोस्र्टको एकमात्र गोल निर्णायक बन्यो । उनले खेलको ११ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलमा नेदरल्याण्ड्सले नियन्त्रण बनाए पनि आयरल्याण्डका गोलकिपर गेभिन बाजुनुले थुप्रै बचाऊ गरेका थिए । समूह बीबाट शीर्ष स्थानमा रहेको फ्रान्स यसअघि नै प्रतियोगितामा छनोट भइसकेको छ । नेदरल्याण्ड्स १५ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप