आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मध्यपूर्वका देशमा कस्तो छ ‘दिमाग खराब’को व्यवसाय ?

बिहीबार, ०३ जेठ २०८१, १२ : ००
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । निश्चल बस्नेत निर्देशित तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’ अहिले प्रदर्शनको दोस्रो सातामा छ । पहिलो साता ठिकै व्यवसाय गरेको फिल्मले दोस्रो साता भने राम्रो व्यवसाय गरिरहेको छ ।

यस्तैमा फिल्मले मध्यपूर्वका देशहरूमा पनि प्रदर्शन सुरु गरेको छ । गत शुक्रबारबाट फिल्म दुबई, बहराइन र कतारमा एकसाथ प्रदर्शन सुरु गरेको वितरक अनिशसिंह ठकुरीले जानकारी दिए ।

ठकुरीका अनुसार, फिल्मले दुबईमा १७, कतारमा १५ र बहराइनमा ७ शोज पाएको छ । 

‘नेपाली फिल्मले मध्यपूर्वका देशमा यति शोज पाउनु धेरै राम्रो हो,’ उनले भने, ‘नेपालमा दर्शक सङ्ख्या राम्रो हुँदाहुँदै ‘दिमाग खराब’ले कम शोज पाएको अवस्थामा हामीले दुबईमा भने राम्रो शोज पाएका छौँ । पहिलो दिन प्रायः हलमा हाउसफुल दर्शक देखिएका थिए । त्यसैले शोज अझै बढ्न सक्छ ।’

ठकुरीका अनुसार, यही २४ तारिखदेखि सिंगापुर, मलेसिया, ओमान, कुवेत र इराकमा पनि फिल्म प्रदर्शन हुँदै छ । नेपालमा राम्रो प्रतिक्रिया प्राप्त गरेपछि विदेशमा फिल्मको डिमान्ड बढ्न थालेको छ ।

फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की आदिको मुख्य भूमिका छ । फिल्म राजनीतिक र सामाजिक विषयमा आधारित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप