आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजेश खन्नालाई स्टार बनाउने त्यो फिल्म

बिहीबार, ०३ जेठ २०८१, १३ : ३७
बिहीबार, ०३ जेठ २०८१

नयाँ दिल्ली । अहिले सिनेमा हलमा फिल्महरु केही हप्ता वा दिनमै हटिसक्छन् । कति फिल्म त कहिले आए अनि कहिले गए भन्ने नै थाहा हुन्न । तर सन् १९९६ मा बलिउडमा यस्तो फिल्म आएको थियो, जुन फिल्म ५० हप्तासम्म चल्यो । यो फिल्म थियो शक्ति सामन्तको निर्देशनमा बनेको आराधना । यो फिल्ममा राजेश खन्नाको मुख्य भूमिका थियो । यो त्यही फिल्म थियो जसबाट राजेश खन्ना बलिउडको पहिलो सुपर स्टार बने ।

आराधनामा राजेश खन्नाको साथमा शर्मिला टैगोर पनि मुख्य भूमिका थियो । यस बाहेक पनि फरिदा जलाल, सुजित कुमार सुभाष घई र अशोक कुमार जस्ता स्टारहरुको पनि अभिनय थियो । यो फिल्मले कमाईको मामिलामा त्यति बेला नयाँ रेकर्ड बनाएको थियो । फिल्मको बक्स अफिस कलेक्शन १७ करोड ८५ लाख रुपयाँ थियो । आजको हिसाबमा हेर्ने हो भने फिल्मको कमाई ९ अर्ब रुपयाँ भन्दा धेरै हुन्छ । अर्थात् यो जुनियर एनटीआर र रामचरणको आरआरआरलार्ई समेत टक्कर दिने फिल्म थियो । यो फिल्मको सिक्वेल पनि आयो ।

३ वर्षसम्म चलेको थियो फिल्म

यो फिल्ममा राजेश खन्ना र शर्मिला टैगोरले पहिलो पटक स्क्रिन शेयर गरेका थिए । फिल्ममा दुबैको केमेष्ट्रीलाई निकै मन पराइएको थियो । यो फिल्म ब्लकबष्टर बनेपछि यी दुबैको जोडी पनि निकै हिट भयो । फिल्म हिन्दी बाहेक गैर–हिन्दी भाषामा पनि रिलिज गरिएको थियो । आराधना दक्षिण भारतका सिनेमा हलमा ३ वर्षसम्म चलेको थियो । चेन्नईमा आराधाना रिलिज भएपछि हिन्दी भाषा विरुद्ध चर्को विरोध प्रदर्शन नै भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप