आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुई हप्तादेखि सुरुङमा फसेका ४१ कामदार मुक्त गर्न भारतको यस्तो तयारी

बिहीबार, ०३ जेठ २०८१, १६ : ०८
बिहीबार, ०३ जेठ २०८१

देहरादुन । भारतीय उद्धारकर्मीहरूले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन् । फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास दोस्रो हप्तामा पुगेको छ । 

एक्सक्याभेटरहरूले गत आइतबारदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ ।

अधिकारीहरूका अनुसार भग्नावशेषका बीच कर्कश आवाजले ‘आतङ्कको स्थिति’ उत्पन्न भएपछि शुक्रबार राति ड्रिलिङ बन्द गरिएको थियो ।  सरकारको राजमार्ग तथा पूर्वाधार निर्माण कम्पनी एनएचआइडिसिएलले भग्नावेश अझै खस्ने सम्भावनाका कारण उद्धार कार्य रोकिएको थियो । 

सुरुङमा फसेकाहरूसँग रेडियोमार्फत कुराकानी गर्ने आफन्तहरूका अनुसार अवस्था गम्भीर छ र उनीहरूले मनोबल कम भएको बताएका छन् । “उनीहरू रोइरहेका छन्, उनीहरूलाई बचाउनका लागि भइरहेका उद्धार प्रयासबारे हामीले झुट बोलिरहेको हो कि भनेर सोध्न थालेका छन्”, आफ्नो नाम उल्लेख नगरी एक आफन्तले शनिबार पत्रकारहरूलाई भने । 

इन्जिनियहरूले भग्नावेशको माध्यमबाट करिब ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिलको पाइप तेर्सोरूपमा चलाउने प्रयास गरिरहेका छन् । उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी भाष्कर खुल्बेका अनुसार उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत पूरै नयाँ सुरुङ खन्ने विचार गरिरहेका छन् । 

“हामीले कामदारहरूलाई बचाउन सबै विकल्प खोजिरहेका छौँ, हामीसँग स्रोत, विकल्प र विधिको कुनै कमी छैन”, उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप