आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इलाममा ४० जना यात्रु सवार बस दुर्घटना

बिहीबार, ०३ जेठ २०८१, १७ : ४८
बिहीबार, ०३ जेठ २०८१

विराटनगर । इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ ।  सो दुर्घटनामा १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९–१० वर्षको बच्चाको मृत्यु भएको बताए ।

‘प्रहरीको टोली त्यहाँ पुगेको छ । धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो,’ उनले भने, ‘९–१० वर्ष जतिको एक जना बालक रुखमा ठोक्किएको अवस्थामा देखिन्छ । बाँकी २७ जनाको उद्धार भइसकेको छ । कति जना गम्भीर र कति सामान्य घाइते छन् भन्ने कुरा खुलेको छैन ।’ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप