आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

सेमिफाइनल र फाइनलमा म्यान अफ द म्याच घोषित हुने चौथो खेलाडी बने हेड

शुक्रबार, ०४ जेठ २०८१, ०६ : ३४
शुक्रबार, ०४ जेठ २०८१

अहमदाबाद । अष्ट्रेलियाका ट्राभिस हेड सेमिफाइनल र फाइनल दुवैमा म्यान अफ द म्याचको अवार्ड जित्ने छनोट खेलाडीको सूचीमा परेका छन् ।  २०२३ मा ट्राभिस हेड पहिले सेमिफाइनलमा दक्षिण अफ्रिका विरुद्ध र अहिले फाइनलमा भारत विरुद्ध  म्यान अफ द म्याच बने ।

हेडको यो उपलब्धि अघि तीन खेलाडीले मात्रै हासिल गरेका थिए । यसअघि सन् १९८३ मा मोहिन्दर अमरनाथ, १९९६ मा अरविन्द डी सिल्भा र १९९९ मा शेन वार्न सेमिफाइनल र फाइनल दुवै खेलमा म्यान अफ द म्याच भए ।

यसअघि विश्वकपको फाइनल खेलमा शतक पूरा गर्ने खेलाडीको सूची यस्तो छ-

  • सन् १९७५ को विश्वकपको फाइनल खेलमा वेस्ट इन्डिजका कप्तान क्लाइभ लोयडले अस्ट्रेलियाविरुद्ध ८५ बलमा १०२ रन बनाएका थिए । यो खेल लर्ड्समा खेलिएको थियो ।
  • सन् १९७९ को विश्वकपको फाइनल खेलमा वेस्ट इन्डिजका भिभियन रिचर्ड्सले इंग्ल्याण्डविरुद्ध १३८ रन बनाएका थिए । यो खेल पनि लर्ड्समै खेलिएको थियो ।
  • सन् १९९६, लाहोर– श्रीलंकाका अरविन्द डी सिल्भाले फाइनलमा अस्ट्रेलियाविरुद्ध १०७ रन बनाएका थिए ।
  • सन् २००३, जोहानेसबर्ग– अस्ट्रेलियाका कप्तान रिकी पोन्टिङले भारतविरुद्ध १४० रन बनाएका थिए ।
  • सन् २००७, ब्रिजटाउन– अस्ट्रेलियाका खेलाडी एडम गिलक्रिस्टले श्रीलंकाविरुद्ध १४९ रन बनाएका थिए ।
  • सन् २०११, वानखेडे– श्रीलंकाका खेलाडी महेला जयवर्धनेले भारतविरुद्ध शतक (१०३ रन) बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप