आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दसैँ र तिहारमा बिदा दिन सिनेटरद्वारा नर्थक्यारोलिना संसदमा विधेयक लैजाने

शुक्रबार, ०४ जेठ २०८१, ०८ : ३५
शुक्रबार, ०४ जेठ २०८१

अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा बिदा दिनको लागि डेमोक्र्याटिक सिनेटर माइकल गेरेटले संसदमा बिल (विधेयक) लैजाने भएका छन् ।

यस्तै गरि गिलफर्ड काउन्टीमा पनि दसैँ र तिहारमा बिदा दिनको लागि काउन्टी आयुक्त (कमिसनर) ब्रान्डडन ग्रेले आयुक्तको बैठकमा प्रस्ताव लैजाने भएका छन् । डेमोक्र्याटहरुसँग दिवाली मनाउने कार्यक्रममा सिनेटर र आयुक्तले उक्त कुरा बताएका हुन् ।

गिलफर्ड काउन्टीमा डेमोक्र्याटिक पार्टी (दल)का उपाध्यक्ष (ग्रामिण) बिनय अर्यालले आयोजना गरेको दिपावली कार्यक्रममा नेपालीहरुको तर्फबाट नेपाली स्टुडेन्ट  एसोसिएसन  (नेपाली विद्यार्थी संघ (युएनसिडी) का अध्यक्ष रेसिका चम्लागाई ,सचिव बिनित अर्याल र पार्टी (दल) उपाध्यक्ष बिनय अर्यालले संयुक्त रुपमा हस्ताक्षर सहित ज्ञापनपत्र बुझाउदै दसैँ र तिहारमा बिदा दिन माग गरेका थिए ।

सो पत्रको प्रतिउत्तरमा सिनेटरले संसदमा बिधेयक लैजाने र काउन्टी आयुक्तले अर्को महिना हुने आयुक्तहरुको बैठकमा नै उनले प्रस्ताव पेश गर्ने बताए।
सो सम्बन्धमा उचित निर्णय लिन र बिधेयक तयार गर्न स्थानीय नेपालीहरुसँग सल्लाह लिने दुवै जनाले बताएका छन् ।

गत बर्ष जस्तै यस बर्ष पनि स्थानीय डेमोक्र्याटिक नेता र नेपाली समुदायलाई दिपावली मनाउनको लागि उक्त कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सिनेटर गेरेट,आयुक्त ग्रे ,गिलफर्ड शेरिफ ड्यानी रोजर ,गिलफर्ड काउन्टी चुनाव आयुक्त क्यारोलैन बंकर ,हाइ प्वाइन्ट्स काउन्सिलमेन (नगर परिषद) माइकल होम्स ,काउन्टी विद्यालय समिति सदस्य खेम अर्बि ,गिलफर्ड काउन्टी डेमोक्र्याटस पार्टी (दल) अध्यक्ष क्याथी किर्कप्याट्रिक एवं स्थानीय डेमोक्र्याट्स पार्टी (दल)का नेता तथा कार्यकर्ताहरुका साथै स्थानीय नेपालीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा स्थानीय नेपालीहरुको तर्फबाट देउसी भैलो खेलिएको थियो । साथै नेपाली नृत्यहरु प्रस्तुति सहित नेपालीहरुको खाना सेलरोटी सहित अन्य परिकारका खानेकुराहरुको पनि  व्यवस्था गरिएको थियो ।

तिहारको शुभ अवसर पारेर यो कार्यक्रमको आयोजना गत वर्षदेखि सुरु गरिएको र आगामी वर्ष पनि आयोजना गर्दै जाने कुरा उपाध्यक्ष बिनय अर्यालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप