आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितलाई सिप्रदीबाट ५५ लाखको राहत वितरण

शुक्रबार, ०४ जेठ २०८१, १० : ०८
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । सिप्रदीद्वारा जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित परिवारहरूलाई आधारभूत आवश्यकताका सामाग्रीहरू राहतस्वरुप वितरण गरिएको छ । सिप्रदीयन सहायता संस्था, टाटा ट्रस्ट भारत र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को संयुक्त प्रयासमा यही कार्तिक २६ गतेका दिन जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र  जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम अन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई रु. ५५ लाख बराबरको राहत सामग्री प्रदान गरिएको छ । 

तिहारमा लक्ष्मी पूजाको दिन संस्थाको प्रतिनिधित्व गर्दै सिप्रदीका ७ जना कर्मचारीहरूले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरू (त्रिपाल, म्याट्रेस, खाद्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपी लगायतका अन्य सामाग्रीहरूको प्याकेज बनाएर सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो । संस्थाको अनुसार हस्तान्तरण गरेको सामाग्रीहरूबाट झन्डै १,२०० घर परिवारका ४,८०० जना भूकम्प पीडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् । 

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालले भने, ‘भूकम्पका कारण आफ्नो घर गुमाएका र बासको वैकल्पिक व्यवस्था नभएका पीडितहरूलाई सिप्रदीयन सहायता संस्था, टाटा ट्रस्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्त प्रयासमा स्थानीय प्रशासनसँग समन्वय गर्दै राहत वितरण गरेका छौँ । प्रशासनको अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाद्यान्न र न्यानो कपडाहरू हस्तान्तरण गरेका छौँ र भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रूपमा सहयोग पुराउने नै छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप