आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केन्द्रीय बैंकले आज २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै

शुक्रबार, ०४ जेठ २०८१, ११ : १२
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले मङ्सिर ५ गते जारी गर्नेगरी २८ दिने र ९१ दिने र १८२ दिने गरी तीन किसिममा कूल २३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

बैंकद्धारा जारी सूचनाअनुसार कूल ट्रेजरीमध्ये ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ जारी गरिनेछ भने बाँकी २० अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानै ट्रेजरी नवीकरण गरिनेछ । २८ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ छुट्टाएको छ भने ९१ दिनेका लागि ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र १८२ दिनेका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार अर्थात् मङ्सिर ४ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिक्री भने मंगलबार अर्थात् मङ्सिर ५ गते हुनेछ । यसअघि केन्द्रीय बैंकले कात्तिक २४ गते १७ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप