आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिम जिप दुर्घटना : घाइते एक जनाको मृत्यु (अपडेट)

मङ्गलबार, ०४ वैशाख २०८१, १३ : ५९
मङ्गलबार, ०४ वैशाख २०८१

सुर्खेत । सोमवार बिहान भएको जिप दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली रहेका छन् । 

ओलीको चौरजहारी मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको छातीमा चोट लागेको थियो । लु १ ज २२९७ नम्बरको जिप बिहान ८ः ५० बजे चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

जिप अनियन्त्रित भई सडकबाट ३०० मिटर तल भेरी नदी किनारमा खसेको थियो । दुर्घटनामा परी २२ जना घाइते भएका छन् । त्यसमध्ये ७ जना गम्भीर घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप