आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वर्ल्ड कप फाइनलको मारमा टाइगर थ्री

मङ्गलबार, ०४ वैशाख २०८१, १४ : ३१
मङ्गलबार, ०४ वैशाख २०८१

नयाँ दिल्ली । भारतीय बक्स अफिसमा सलमान खान कयौँ वर्षसम्म सबैभन्दा ठूला सुपरस्टारका रुपमा रहे । 

रिभ्यु राम्रो नपाएका उनका फिल्म समेत बक्स अफिसमा फ्लप हुनबाट बचे, औसत कलेक्शन गरेका थिए । तर अहिले उनको फिल्मले औसत पनि व्यापार नगर्ने हो कि भन्ने शंका बढेको छ ।

सलमान खानको टाइगर३ गएको आइतबार रिलिज भएको थियो । फिल्मको सुरुआत दमदार थियो । तर बुधबारदेखि यसको कमाई घट्न थाल्यो । क्रिकेट वर्ल्ड कपको महत्त्वपूर्ण खेलका कारण हलमा भिड कम हुन थाल्यो । आइतबार भारत र अष्ट्रेलियाको फाइनल म्याच थियो । यसको असर बक्स अफिसमा देखिएको छ । उक्त खेलले टाइगर३ लाई निकै ठूलो घाटा भएको छ । शनिबारभन्दा आइतबार फिल्मको कमाईमा उच्च कमी आउने यो वर्षको ठूला फिल्म बनेको छ टाइगर ३ ।

शनिबार फिल्म रिलिज भएको एक हप्ता पूरा भएको थियो । ७ दिनमा फिल्मले भारतभरमा २ अर्ब २० करोड भारुको नेट कलेक्शन गर्‍यो । फिल्मले पहिलो हप्तामै हिन्दी भर्जनबाट २ अर्ब १४ करोड कमायो तमिल र तेलुगुको डबिंग भर्जनबाट ६ करोड कमायो । शनिबार मात्रै फिल्मको कूल नेट कलेक्शन १८ करोड ७५ लाख भारु थियो । आइतबार फिल्मको कमाई सुध्रिने आशा थियो । तर ट्रेड रिपोर्टस्का अनुसार टाइगर ३ ले आइतबार जम्मा १० करोड भारु मात्रै कलेक्शन गरेको छ । अर्थात् ८ दिनपछि फिल्मको नेट इन्डिया कलेक्शन जन्ममा २ अर्ब ३० करोड भारु नजिक पुगेको छ ।

टाइगर ३ को बजेट करिब ३ अर्ब भारु भएको बताइएको छ । फिल्मले बक्स अफिसमा सोलिड सफलता पाउन कम्तीमा पनि ३ अर्ब ५० करोड भारु कमाउनु पर्नेछ । डिसेम्बर १ मा रणबीर कपुरको एनिमल र विक्की कौशलको साम बहादुर रिलिज हुँदैछ । अब १० दिनमा सलमानको टाइगर ३ ले तगडा कमाई गर्न सक्ला त ? फिल्मले पाइरहेको फिक्का रिभ्यु र दर्शकको सुस्त प्रतिक्रिया हेर्दा अबको १० दिनमा पनि फिल्मको कलेक्शन ३ अर्ब भारु पुग्नेमा शंकै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप