आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् बलिउडका सबैभन्दा लामा फिल्म, सूचीमा थपिँदै रणवीरको एनिमल

मङ्गलबार, ०४ वैशाख २०८१, १५ : ००
मङ्गलबार, ०४ वैशाख २०८१

नयाँ दिल्ली । रणवीर कपुरको नयाँ फिल्म पछिल्ला केही दिनयता लगातार चर्चामा छ । रणवीर र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको एनिमल फिल्मको पर्खाइमा दर्शकहरु लामो समयदेखि थिए । 

फिल्मको गीत र टिजरलाई दर्शकको सकारात्मक प्रतिक्रिया मिलेको थियो । मिडिया रिपोर्ट्सका अनुसार यो फिल्म तीन घण्टा २१ मिनेटको छ । यो फिल्म बलिउडको लामो फिल्म मध्येमा पर्ने बताइएको छ । आज हामी बलिउड फिल्ममा सबैभन्दा लामा फिल्मबारे कुराकानी गर्न गइरहेका छौँ ।

ग्याङ्गस अफ वासेपुर

यो फिल्मको रन–टाइम ३१९ मिनेट थियो । भारतको कुनै पनि हलले ५ घन्टाको यो फिल्म चलाउन मानेनन् । फिल्मलाई दुई भागमा काटेर तीन महिनाको अन्तरालमा रिलिज गरियो । अनुराग कश्यपले बनाएको यो फिल्म बलिउडको सबैभन्दा लामो फिल्म मानिन्छ ।

मेरा नाम जोकर

यो सूचिको दोस्रो स्थानमा मेरा नाम जोकर छ । यो फिल्ममा कुल २८ ओटा गीत छन् । यस फिल्मलाई राज कपुरको करियरलाई परिभाषित गर्ने फिल्मको रुपमा लिइन्छ । फिल्मको कुल समय चार घण्टा ४ मिनेट थियो ।

लगान

आमिर खानको अभिनय रहेको लगानको कुल रन–टाइम तीन घण्टा ४४ मिनेट थियो । यो फिल्मले दर्शकहरुबाट टन्नै माया पायो । यो फिल्म उक्त वर्ष विदेशी भाषाको फिल्म श्रेणीमा एकेडेमी पुरस्कारको लागि छानिएको थियो ।

मोहब्बते

अभिताभ बच्चन, ऐश्वर्या राय र शाहरुख खानको मुख्य भूमिका रहेको मोहब्बते कुल ३ घण्टा ३६ मिनेट लामो थियो । बक्स अफिसमा यो फिल्म ब्लकबष्टर साबित भएको थियो । फिल्ममा बिग बि र शाहरुखको भूमिकालाई दर्शकले निकै मन पराएका थिए । फिल्मका गीतहरू पनि चार्टबष्टर साबित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप