आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एयरपोर्टबाट भारतीय महिला २ किलो कोकिनसहित पक्राउ

मङ्गलबार, ०४ वैशाख २०८१, १५ : ४३
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ किलो कोकिनसहित भारतीय महिलालाई पक्राउ गरेको छ । भुटान जान लागेको अवस्थामा भारतीय नागरिक किम्रो साङ्गीलाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी गोविन्द थपलियाले रातोपाटीलाई बताए । 

३२ वर्षीया किम्रो साङ्गी कतारको दोहबाट त्रिभुवन विमानस्थलमा ओर्लिएर भुटान जान लाग्दा पक्राउ परेकी हुन् । उनी ईथियोपियाबाट दोहा हुँदै काठमाडौँ ओर्थिएकी थिइन् । ब्यूरोको टोलीले उनको साथबाट १ किलो ९७३ ग्राम कोकिन बरामद गरेको छ । आरोपीतबारे अनुसन्धान भइरहेको एसएसपी थपलियाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप