आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसद्को आगामी अधिवेशनमा सडक आश्रित मानवहरुको व्यवस्थापन हुनेगरी विधेयक पेस हुन्छ : प्रधानमन्त्री प्रचण्ड

मङ्गलबार, ०४ वैशाख २०८१, १७ : ४४
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक आश्रित मानवहरुको समुचित व्यवस्थापन हुने गरी आगामी संसद् अधिवेशनमा विधेयक पेस गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

मानव सेवा आश्रमले सोमवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । मानव सेवा आश्रमलाई सडक मानव उद्धारका लागि आतिआवश्यक पर्ने भवन, जग्गा, बाहनलगायतका सेवा उपलब्ध गराउन पनि सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । 

उनले सबै प्रदेशमा एक/एक वटा सडक आश्रित मानव उद्धारका लागि आजैदेखि सञ्चालनमा आउने गरी सवारी साधन उपलब्ध गराउने घोषणा समेत गरे । प्रधानमन्त्री प्रचण्डले सडक मानव मुक्त बनाउने नेपाल सरकारको घोषणा पूरा गर्नका लागि एक महिनाभित्र मन्त्रीपरिषदबाट ठोस योजना बनाई अघि बढ्ने संकल्प समेत गरे ।

प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहको सरकारलाई पनि सडक मानवहरुको उचित व्यवस्थापनका लागि आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्न पनि आफूले समन्वय गर्ने बताए । कार्यक्रममा उनले मानव सेवा आश्रमले मानवीय सेवाका लागि गरेको कार्यक्रममा निरन्तरताको पनि कामना गरेका थिए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप