आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

मङ्गलबार, ०४ वैशाख २०८१, २० : ५२
मङ्गलबार, ०४ वैशाख २०८१

आज २०८० मंसिर ४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा भूकम्प पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताको रकम निकासा, टीकटक प्रतिबन्धको विरोधमा प्रदर्शन, छठ पर्व सम्पन्न, माओवादीसँग एकीकरण गर्ने विषयमा नेसपाभित्र गम्भीर छलफल, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको एक वर्ष : दलहरु न सच्चिए, न त सकिए, विश्वकप छनोट फुटबल : नेपाल र यमनबिच हुने खेलको तयारी पूरा, मंसिर ७ मा माइतीघरमा दुर्गा प्रसाईं र युवा संघलाई कार्यक्रम गर्न नदिइने, सेयर बजारमा झिनो सुधार लगायत छन् ।

१. भूकम्प पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताको रकम निकासा
सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताको रकम निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरिएको जानकारी दिएको हो ।  सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम सोमबार निकासा भएको प्राधिकरणको भनाइ छ । जततउकस्ररधधध।चबतयउबतष्।अयmरकतयचथरघढटण्डद्दरभबचतजत्रगबपभ(

२. टीकटक प्रतिबन्धको विरोधमा प्रदर्शन
सरकारले टिकटक प्रतिबन्ध गरेको विरोधमा राजधानीको माइतीघर मण्डलामा टिकटकरले प्रदर्शन गरेका छन् । उनीहरूले सरकारको विरोधमा विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

३. छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै धूमधामका साथ छठ पर्व सम्पन्न भएको छ ।

४. माओवादीसँग एकीकरण गर्ने विषयमा नेसपाभित्र गम्भीर छलफल
बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग सिङ्गो पार्टी एकीकरण हुने वा नहुने भन्ने विषयमा सोमबार साँझ ८ बजे टुङ्गो लगाउने भएको छ । अध्यक्षद्वय डा. बाबुराम भट्टराई, महिन्द्रराय यादवसहित सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादवबिच हुने निर्णायक वार्ताले पार्टी केन्द्रीय समिति बैठकको एजेन्डा र पार्टी एकताको विषयमा टुङ्गो लगाउने महासचिव यादवले बताए ।

५. प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको एक वर्ष : दलहरु न सच्चिए, न त सकिए
आज मंसिर ४ अर्थात् नयाँ संविधान निर्माणपछि दोस्रो पटक ताजा जनादेशका लागि प्रदेश र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको ठिक एक वर्ष पूरा भएको दिन । गत वर्ष मंसिर ४ मै तोकिएको निर्वाचनताका पुराना र स्थापित राजनीतिक दलहरुलाई चुनौती दिँदै नयाँ दलको उदय हुने संकेत देखिएपछि स्थापित दलहरुमाथि टिप्पणी हुने गरेको थियो– ‘सक्किने कि सच्चिने ?’ तर एक वर्षको यो अवधिमा न दलहरु सच्चिएको महसुस भएको छ, न त पुराना दलहरुको प्रभाव नै सकिएको छ ।

६. विश्वकप छनोट फुटबल : नेपाल र यमनबिच हुने खेलको तयारी पूरा
अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट फुटबलको नेपाल र यमनबिच हुने खेलका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सन् २०२६ मा आयोजना हुने विश्वकपको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा नेपाली टोलीले मंगलबार घरेलु मैदानमा यमनको सामना गर्दैछ ।  

७. मंसिर ७ मा माइतीघरमा दुर्गा प्रसाईं र युवा संघलाई कार्यक्रम गर्न नदिइने
मंसिर ७ मा दुर्गा प्रसाईँले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने निर्णय भएको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए ।

८. सेयर बजारमा झिनो सुधार
तिहार तथा छठपछि खुलेको सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार खुलेको सेयर बजारमा नेप्से सूचक १.३९ अंकले बढ्दै १८ सय ५३.४८ अंकमा उक्लिएको हो ।

९. घाँसे मैदानमा परिणत भए डेढ दर्जन विमानस्थल
राजनीतिक दलका नेताले भोट बटुल्ने लक्ष्यसहित मनोमानी ढंगले हवाई पूर्वाधार बनाउँदा करिब डेढ दर्जन विमानस्थल घाँसे मैदानमा परिणत भएका छन् । यसमध्ये अधिकांश विमानस्थलले सञ्चालन खर्च नै जुटाउन नसकेर बन्द भएका हुन् भने केही प्राविधिक कारणले सञ्चालनमा रहिरहन नसकेका हुन् ।

१०. विपिन जोशी अझै सम्पर्कविहीन रहेको दुतावासको प्रस्टोक्ति
गत अक्टोबर ७ मा चरमपन्थी समूह हमासले आक्रमण गरी इजरायलबाट बन्धक बनाएर गाजातर्फ लगेका नेपाली विद्यार्थी विपिन जोशी सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको इजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासले आज जारी गरेको विज्ञप्तिमा किबुज–अलमिममा बन्धक बनाएर गाजातर्फ लगेकाहरू मध्येमा नेपाली विद्यार्थी जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप