आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भट्टराईको ‘अरब’ गीतिकाव्यको लोकार्पण

शनिबार, ०५ जेठ २०८१, ११ : ०६
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । कवि प्रेमप्रसाद भट्टराईको ‘अरब’ गीतिकाव्यको विमोचन गरिएको छ । साहित्यिक पत्रकार सङ्घले सोमबार सामाजिक विकास समाज, अनामनगर, काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्राडा सुरेन्द्र केसीले सो कृति लोकार्पण गरेका हुन् । 

सो कार्यक्रममा सङ्घका अध्यक्ष राधेश्याम लेकाली, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदी, वरिष्ठ कवि प्रह्लाद पोखरेल, नायक नवल खड्का, साझा प्रकाशनका लवप्रसाद भण्डारीलगायतले कृतिबारे आआफ्नो मन्तव्य राखेका थिए । 

कवि भट्टराई साहित्यिक पत्रकार सङ्घका आजीवन सदस्य एवं अनेसास कतारका पूर्वअध्यक्ष पनि हुन् । सो कार्यक्रममा कृतिका सर्जकलाई सम्मान पनि गरिएको थियो । 
सोही कार्यक्रममा वरिष्ठ कवि प्रह्लाद पोखरेल र समालोचक डा. शान्ति गिरीले लोकार्पित कृतिबारे समीक्षात्मक मन्तव्य राखेका थिए भने डा. रेणु थापा सोलु र नरहरि प्रेमीले लोकार्पित कृतिमा सङ्कलित गीत गाएका थिए । 
निबन्धकार श्रीबाबु कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा कलाकार कृपा भट्टराईले नृत्य प्रस्तुत गरेकी थिइन् । 
कार्यक्रममा प्राज्ञ सत्यकला राई, साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गुञ्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, शारदा पत्रिकाका सम्पादक विमल भौकाजी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, पूर्वअध्यक्ष पवन आलोक, प्राडा गोविन्दमानसिंह कार्की, साहित्यकारहरू गीता कार्की, अश्विनी कोइराला, निशा केसी, सुशीला देउजा, डीजी शर्मा (युएई), कला भट्टराई, जीवन श्रेष्ठ, रूप रसाइली, भानुप्रकाश जोशी, राज रजक, मुरारि सिग्देल, द्वारिका ढुङ्गेल, उषा केसी, डा. यादेवी ढकाल, मणिराज सिंह, हरि गिरी, राजेन्द्र ढुङ्गाना, नवोदित साहित्यिक वाचनालय कतारका पूर्वअध्यक्ष इन्द्रमणि नेपाल, पत्रकार दीपक पुडासैनी, महेश्वर नेपाल, मनिला वन्त, कुमार केसी, महेश्वर नेपाल, अशिव बनेपाली, ममता कार्की, सविता ढकाल, सानुराजा अञ्जान, राजेश ढुङ्गाना, दीपक पुडासैनी, राज यात्री लम्साल, सुमा श्रेष्ठ, रिना पाण्डे पुडासैनीलगायतको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप