आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘कार्साङ’मा शिल्पाको इन्ट्री

शनिबार, ०५ जेठ २०८१, ११ : ०९
शनिबार, ०५ जेठ २०८१

काठमाडौंँ । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्म हो,‘कार्साङ’ । फिल्म अहिले प्रि–प्रोडक्सनमा छ । यस्तैमा फिल्मको मुख्य भूमिकाको लागि अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । फिल्मको मुख्य कलाकारको रूपमा उनलाई अनुबन्धित गरेको निर्देशक शेर्पाले बताए ।

यसअघि फिल्मको मुख्य भूमिकाको लागि दयाहाङ राई, बुद्धि तामाङ, छिरिङ शेर्पा र सुरक्षा पन्त छानिएका थिए । शिल्पा अनुबन्धित भएसँगै फिल्ममा प्रमुख कलाकारको लाइनअप पुरा भएको निर्देशक शेर्पाले सुनाए ।

शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । यसअघि शेर्पाले थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् । 

‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको हो । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन रहने छ ।

फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाङ्कन गरिने निमार्णपक्षले बताएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप