आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
दुर्गा प्रसाईं भर्सेस युवा संघ

दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय

युवा संघको प्रदर्शन तीनकुनेमा
शनिबार, ०५ जेठ २०८१, २० : ००
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

माइतीघरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि युवा संघले पनि काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार सूचना जारी गरेर कार्यक्रमस्थल तीनकुनेमा सरेको जानकारी दिएका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम उद्घाटन गर्ने रातोपाटीलाई बताए । उनले भने–‘बल्खुमा उद्घाटन गर्छु, थप कार्यक्रम देशभर चल्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप