आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यश कुमारले नचाए क्यानडाबासी नेपाली

शनिबार, ०५ जेठ २०८१, १२ : ०८
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । गायक यश कुमारले क्यानडाबासी नेपाली नचाएका छन् । अक्टोबर १८ मा क्यानडाको मिसिसागामा आयोजित ‘सहयात्रा साँझ’मा उनले दर्शन बढी गीतसंगीत पस्किएका थिए ।

‘हिजो अर्कैसँग देखेँ’ बोलको गीतबाट प्रस्तुति सुरु गरेका यशकुमारले त्यसपछि ‘सुस्तरी सुस्तरी’, ‘तिम्रो मन बदलिएछ’, ‘बिरानो यो मन्दिरमा’ लगायतका दर्जन बढी गति कार्यक्रममा राखेका थिए । फेस्टिभल मुडमा रहेका क्यानडाका नेपालीले उनको प्रत्येक गीतसंगीतमा नृत्य र तालीले साथ दिएका थिए ।

मिसिसागास्थित औताक पार्टी प्यालेसको हलमा आयोजित कार्यक्रममा यसकुमार आउने भनेर क्यानाडाको टोरन्टो, ब्राम्टन र मिसिसागा शहरमा रहेका नेपालीहरुको ओइरो लागेको थियो । स्टेज चढ्ने बित्तिकै संसारको जुनसुकै स्थानमा बसोबास गरे पनि नेपाली गीतसंगीतलाई माया गर्न आह्वान गर्दै प्रस्तुति सुरु गरेका यशकुमारले अन्तिमसम्मै दर्शकस्रोतालाई मनोरञ्जन दिलाउन सफल रहे ।

क्यानडामा रहेका नेपाली समुदायमा नेपाली कला, संस्कृति जीवन्त राख्ने उद्देश्यले सहयात्रा नामक संस्थाले कार्यक्रमको आयोजना गरेको थियो । यो संस्थाले बेलाबोमा यस्तो कार्यक्रम गर्दै आएको छ । 

 

निर्जला केसीको सञ्चालन रहेको कार्यक्रममा यशक्मारको अलवा हेरुका लामा, खेम ओली, मनोज बिक, स्मृति शाही, निरज संग्रौला, सरु देउजा, मानसिंह खड्का, अर्जुन रसाइली, जेबी निम्बा, सुरज कालाखेती, निर्मल विश्वकर्मा, सुरज आचार्यलगायत दर्जनभन्दा बढी कालाकारको समेत प्रस्तुति रहेको थियो ।

गीत संगीतका माध्यमबाट हाम्रो नेपाली मौलिक संस्कृतिलाई विश्वभर स्थापित गर्न र नयाँ पुस्तामा हस्तान्तरण गर्न कार्यक्रमको आयोजना गरेको सहयात्राका अध्यक्ष सन्तोष विश्वकर्माले बताए । ‘गीतसंगीत हाम्रो मुलुकको मूल पहिचान हो । हामी जहाँ बसे पनि यो पहिचानको संरक्षण र प्रवर्द्धन आफैले गर्नुपर्छ ।  यो नै सच्चा राष्ट्रवाद हो’ अध्यक्ष विश्वकर्माले भने ।

क्यानडामा नेपालीको आगमन बाक्लो भएसँगै नेपाली कला संस्कृतिको जर्गेनामा विशेष रूपले ध्यान दिन आवश्यकता रहेको कुरालाई मध्यनजर गर्दै सहयात्रा साँझ कार्यक्रम आयोजना गरेको प्रायोजक सुरेन नुर्वुले बताए । 

विदेशमा बस्ने नयाँ पुस्तालाई नेपाली हुनुको गौरब गर्दै नेपाली गीतसंगीतप्रति लगाव बढाउनका यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ब्राम्हटनका नेपाली युवा व्यवसायी क्रिजल अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप