आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली नोटसहित काठमाडौँमा दुई जना महिला पक्राउ

शनिबार, ०५ जेठ २०८१, १२ : ४५
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । नक्कली नेपाली नोटसहित दुई जना महिला काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानीलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन् । 

सिर्जनाको साथबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१  थान नक्कली नोट बरामद भएको छ । सिर्जना र मैया कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधरमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका-७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले  मैया कुमारीलाई बुढानीलकण्ठ नगरपालिका-१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप