आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत

शनिबार, ०५ जेठ २०८१, १३ : ००
शनिबार, ०५ जेठ २०८१

बर्दिया । बर्दियामा एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । गेरुवा गाउँपालिका-६ सोनाहफाँट बस्ने ४० वर्षीय प्रकाश खवासलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

खवासले ती किशोरीलाई ललाई फकाई कात्तिक २८ गते राति सोही ठाउँस्थित खाली गोठमा तथा विभिन्न मिति र स्थानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मनाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप