आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भैँसेपाटीमा १६ लाख बराबरको चोरी

शनिबार, ०५ जेठ २०८१, १३ : ११
शनिबार, ०५ जेठ २०८१

ललितपुर । ललितपुरको एक घरबाट लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । ललितपुर महानगरपालिका-१८ भैँसेपाटीस्थित कामेश्वर यादवको घरबाट नगद २ लाख रुपैयाँ, अमेरिकी डलर, भारतीय रुपैयाँ र विभिन्न सुनका गहना गरी करिब १६ लाख ८१ हजार ४ सय ८४ रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए ।  

घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिले मूल गेटको ताला फोडेर चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बुंग्मतीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसअघि केन्द्रीय प्रहरीको बुलेटिनमा विनायक कोलनीबाट चोरी भएको भनिएपनि सो स्थान नभएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले स्पष्ट पारेकाले समाचार सोही अनुसार सच्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप