आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पप्पु कन्ट्रक्सनका मालिक रौनियार एमाले प्रवेश

शनिबार, ०५ जेठ २०८१, १४ : ५५
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । विवादित ठेकेदार हरिनारायण प्रसाद रौनियार एमाले प्रवेश गरेका छन् । रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पर्साको पोखरियामा पार्टी प्रवेश गराएका हुन् । 

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य समेत रहेका रौनियार पप्पु कन्ट्रक्सनका मालिक हुन् । उनले विकास निर्माणका काममा लिएका कतिपय ठेक्का समयमा पुरा नगर्दा उनी विवादमा मुछिँदै आएका थिए । 

७४ सालको निर्वाचनमा रौनियार तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जसपा) बाट पर्सा क्षेत्र नम्बर ३ को संघीय सांसदमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको केही समयपछि पप्पु कन्स्ट्रक्सनको मुद्दाका कारण निलम्बित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप