आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थ

अर्थतन्त्रको विद्यमान अवस्था र भावी योजनाबारे प्रधानमन्त्रीले गरे छलफल (तस्बिरमा हेर्नुस्)

शनिबार, ०५ जेठ २०८१, १५ : १३
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्रको विद्यमान अवस्था र भावी दिशाका बारेमा सरोकारवालासँग छलफल गरेका छन् । 

मंगलबार दिउँसो सिंहदरबारमा आयोजित कार्यक्रममा मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन के गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग प्रधानमन्त्रीले छलफल गरेका हुन् । 

छलफलमा अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायतका पदाधिकारीहरुको सहभागी छन् । 

यसअघि सोमबार देशको अर्थतन्त्रबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । मन्त्री महतसहित राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिसँग सामान्य ब्रिफिङ लिएपछि प्रधानमन्त्रीले अन्य सरोकारवालासँग छलफल गरेका हुन् ।

prachandaprachanda1prachanda2prachanda3prachanda4prachanda5prachanda6prachanda8prachanda9prachanda10prachanda11prachanda12prachanda13prachanda14prachanda15prachanda16prachanda17

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप