आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

अरिजित सिंहको कन्सर्टका लागि भव्य तयारी, तस्बिरहरू

शनिबार, ०५ जेठ २०८१, १६ : ०२
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । भारतीय चर्चित गायक अरिजित सिंहको सांगितिक कार्यक्रमका लागि नेपाल आउँदैछन् । यही मङ्सिर ९ गते शनिबार उनको लाइभ कन्सर्ट चाबहिलस्थित हायात ग्राउन्ड आयोजना गरिएको छ । ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले संयुक्त रूपमा आयोजना गर्न लागेको कन्सर्टको तयारीका यतिबेला जोडतोडले चलिरहेको छ ।

गत बिहीबारबाट आयोजकले कन्सर्टका लागि हायात ग्राउन्ड स्टेजदेखि लाइटिङसम्मको  व्यवस्थापन काम गरिरहेको छ । अहिलेसम्म लगभग ६५ प्रतिशत तयारी सकिएको र कार्यक्रमको भव्य तयारी गर्ने आयोजकले जनाएको छ ।

arijit singh concert (1)

‘अरिजित सिंह लाइभ इन नेपाल’ नाम दिइएको कन्सर्टमा अरिजीतले ४-५ घन्टा आफ्नो चर्चित गीतसंगीतबाट दर्शक नचाउनेछन् । भारतमा पार्श्व गायकमा रुचाइएका अरिजितका नेपालमा समेत थुप्रै फ्यान छन् । उनका ‘तुम हि हो’, ‘केसरिया तेरा’, ‘खैरियत’, ‘अपना बना ले’ लगायत थुप्रै गीत चर्चित छन् । आयोजक ग्यारेज इन्टरटेनमेन्टले सन् २०१९देखि अरिजितलाई नेपाल ल्याउने प्रयास गरे पनि अहिले सफल भएको हो । 

arijit singh concert (2)

कार्यक्रमले नेपालको मनोरञ्जन क्षेत्रका साथै पर्यटन क्षेत्रमा समेत टेवा पुर्‍याउने विश्वास आयोजकको छ । कन्सर्टमा १० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ ।  कन्सर्टका लागि अरिजित शुक्रबार नेपाल आउने कार्यक्रम रहेको छ । 

arijit singh concert (3)arijit singh concert (4)arijit singh concert (5)arijit singh concert (6)arijit singh concert (7)arijit singh concert (8)arijit singh concert (9)arijit singh concert (10)arijit singh concert (11)arijit singh concert (12)arijit singh concert (13)arijit singh concert (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप