आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आफ्नो पार्टीमा आउने सेलेब्सलाई आफैँले बनाएको ड्रेस दिन्छन् मनीष मल्होत्रा

शनिबार, ०५ जेठ २०८१, १६ : १५
शनिबार, ०५ जेठ २०८१

नयाँ दिल्ली । सेलिब्रेटीहरूले कहाँ के लगाए, उनीहरूको ड्रेस कसले डिजाइन गरिदिएको हो भन्ने कुराको सधैँ चर्चा भइरहन्छ । कसले कसको पार्टीमा के लगायो भन्ने कुरामा पापाराजी मात्रै होइन सर्वसाधारणको पनि उत्तिकै चासो रहन्छ ।

हालै मात्रै बलिउडकी कोरियोग्राफर, प्रड्युसर र निर्देशक फराह खानले फेशन डिजाइन मनीष मल्होत्राको पोल खोलेकी थिइन् । कमेडियन भारती सिंह र हर्ष लिम्बाचियाको एउटा पोडकाष्टका लागि दिएको अन्तरवार्तामा फराहले सो खुलासा गरेकी हुन् । कुराकानीकै क्रममा भारतीले फराहलाई आजभोलि सेलेब्सको घरमा भव्य दिवाली पार्टी हुन्छ । सबैले महँगा महँगा कपडा लगाएर आउँछन् भनेर सोधेकी थिइन् ।

भारतीको कुरा काट्दै फराहले भनेकी थिइन्, ‘मागेको, ती सब मागेर लगाएको कपडा हुन्,’ । यो सुनेर छक्क पर्दै भारतीले भन्छिन्, ‘अनि सेलेब्सको घरबाहिर फुल राखिएको हुन्छ अनि सेलेब्सलाई पापाराजीले रोकेर पोज दिन भन्छन् । उनीहरूले लगाएको कपडा जसको पार्टी हो उसैले दिएको हो त ?’

मनीष मल्होत्राको पार्टीमा उनी आफैँले सबैलाई कपडा दिन्छन् । तर भोलिपल्टै सबैले ती कपडा फिर्ता गर्नुपर्ने फराहको भनाइ थियो । मनीषले पार्टीमा बोलाएपछि आफ्नो लागि आउटफीट बनाइदिन सबैले उनैलाई भन्छन् । मनीषको पार्टी एकदमै उच्च श्रेणीको फेशन शो जस्तो हुने र अतिथि सबैले उनले बनाएको कपडा लगाएर आउने फराहको भनाई थियो ।

मानिसहरूले पनि मनीषको कलेक्शन हेर्न पाए । केही समय अघि मात्रै बलिउडमा ७०÷८० को दशककी चर्चित अभिनेत्री जिनत अमानले आफूले हरेक पार्टीमा मागेको वा भाडाका कपडा लगाउने बताएकी थिइन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप