आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानको बलिङ कोचमा गुल र अजमल नियुक्त

शनिबार, ०५ जेठ २०८१, १६ : २१
शनिबार, ०५ जेठ २०८१

इस्लामाबाद । एकदिवसीय विश्वकपमा खराब प्रदर्शनपछि परिवर्तनबाट गुज्रिरहेको पाकिस्तानी टोलीको कोचिङ स्टाफमा दुई पूर्वक्रिकेटरलाई समावेश गरिएको छ । पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) का अनुसार उमर गुल र अइद अजमललाई पाकिस्तान टिमको बलिङ कोचमा नियुक्त गरिएको हो ।

उमर गुलले सन् २००३ देखि २०१६ सम्म पाकिस्तानका लागि खेलेका थिए । तीव्र गतिका बलर रहेका उनले ४७ टेस्टमा १६३ विकेट लिएका थिए भने १३० एकदिवसीयमा १७९ विकेट लिनुका साथै ६० टी–२० खेलमा ८५ विकेट लिए ।

अजमल भने अफ स्पिनर थिए । उनी सन् २००९ देखि २०१५ सम्म पाकिस्तानी टोलीको हिस्सा रहेका थिए । उनले ३५ टेस्ट, ११३ एकदिवसीय र ६४ टी–२० खेले । उनले टेस्टमा १७८, एकदिवसीयमा १८४ र टी–२० मा ८५ विकेट लिएका थिए ।

पाकिस्तानले डिसेम्बरमा अस्ट्रेलियाको भ्रमण गर्दैछ । त्यहाँ टोलीले तीन टेस्ट र पाँच टी–२० खेल खेल्नेछ । पाकिस्तानको टेस्ट टोलीको कप्तानी शान मसूदलाई दिइएको छ । टोलीको घोषणा सोमबार गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप