आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

थापाको ‘राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक लोकार्पण

शनिबार, ०५ जेठ २०८१, १७ : ०१
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । पूर्वमन्त्री डा. भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक लोकार्पण भएको छ । 

मंगलवार काठमाडौँमा एक कार्यक्रमबीच पुस्तक लोकार्पण गरिएको हो । पुस्तक लोकार्पण समारोहमा बोल्दै लेखक थापाले परिवार र सद्भाव राख्ने मित्रहरूको निरन्तर प्रेरणा र आग्रहमा पुस्तक लेख्न सफल भएको बताए । उनले पुस्तकमा कलिलो उमेरदेखि नेपाल सरकारमार्फत राष्ट्रिय योजना, आर्थिक राजनीतिक, कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रहरूमा काम गर्दाको अनुभव रहेको बताए । उनले पुस्तकमा व्यक्तिगत धारणा नभई आफ्नो व्यावसायिक जीवनको दौडानमा राष्ट्रको लागि महत्त्वपूर्ण घटना र मुद्दालाई समेट्ने प्रयास गरिएको बताए । उनले पुस्तकले आफूहरूको पुस्ताले गरेको प्रयासले नेपालको भविष्य निर्माणको लागि आधार सिर्जना गर्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘मैले यो पुस्तक लेख्ने कल्पना पनि गरेको थिइनँ । तर परिवार र सद्भाव राख्ने मित्रहरूको निरन्तर प्रेरणा र आग्रहमा यो पुस्तक जन्मिएको हो । यो पुस्तकमा कलिलो उमेरदेखि नेपाल सरकारमार्फत राष्ट्रिय योजना, आर्थिक राजनीतिक, कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रहरूमा काम गर्दाको अनुभव छन् । व्यक्तिगत धारणा नभई आफ्नो व्यावसायिक जीवनको दौडानमा राष्ट्रको लागि महत्त्वपूर्ण घटना र मुद्दालाई समेट्ने प्रयास गरेको छु । हाम्रो पुस्ताले गरेका यी प्रयासले नेपालको भविष्य निर्माणको लागि आधार सिर्जना गरेको छ भन्ने ठानेको छु ।’

पूर्वमन्त्री थापाको पुस्तक लोकार्पण समारोहमा सांसद डा. स्वर्णिम वाग्ले र सुमना श्रेष्ठले पुस्तकले नेपालको भविष्य निर्माणको लागि नयाँ आायम थप्ने प्रतिक्रिया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप