आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतद्वारा चौथो चरणको राहत सामग्री हस्तान्तरण

शनिबार, ०५ जेठ २०८१, १९ : ४२
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । भारत सरकारद्वारा सहयोग स्वरूप प्रदान गरिएको अत्यावश्यक चिकित्सा सामग्रीसहितको चौथो चरणको भूकम्प राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल चिकित्सक संघको माग अनुरूप भारतले  यी राहत सामग्री उपलब्ध गराएको भारतीय दूतावासका प्रथम सचिव डा. साहिल कुमारले जानकारी दिए ।

यी राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश रहेको उनको भनाई छ । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपत्कालीन राहत सामग्री उपलब्ध गराइसकेको छ ।

‘छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको छ,’ दूतावासले भनेको छ, ‘नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप